मफसलबाट उदाएका धेरै नेपाली राजनितिक नेताहरूमध्य एक हुन् अमरसिंह पुन । उनी नेपाली राजनितिका चर्चित नेता हुन् । पुनको जन्म वि.स. २०२७ अषाढ ३ गतेका दिन तत्कालीन राँक गा।वि।स वडा नं ८ हालको गंगादेव गाउँपालिका वडा नं ७ रोल्पामा भएको थियो । उहाँको पिताको नाम विरबहादुर पुन र माताको नाम नन्दु पुन हो ।

पुनको बाल्यकाल गाँउमै वितेको थियो । उहाँ मध्यम परिवारको सदस्य हुनुहुन्थ्यो । प्राथामिक तहको शिक्षा उहाँले गाँउकै विधालयबाट पुरा गर्नु भएको थियो । काम विशेषले करिब १८ वर्षको उमेरमा उहाँ भारत प्रस्थान गर्नु भएको थियो । भारतमै उहाँले हाई स्कूल तहको अध्ययन हासिल गर्नु भएको थियो । यसरी विभिन्न उत्तर चढावको साथ उहाँको बाल्यकाल बित्यो । सानै उमेरदेखि पुन चलाख, निदर र सामाजिक काममा नेत्तृत्व गर्ने दखल राख्नु हुन्थ्थो । राजनितिक चेत भएको परिवारमा जन्मेकाले

उहाँले सानै उमेरदेखि समाजमा हुने विभिन्न गतिविधीमा सहभागी हुने अवसर प्राप्त गर्नु भएको थियो ।
पुन भारतबाट वि।स। २०५० मा नेपाल फर्कनु भएको थियो । नेपाल फर्केपछि उहाँ गाँउघरमा हुने सामाजिक कार्यहरुमा अग्रसर हुनु भयो । पञ्चयात कालमा बहुदलीय व्यवस्था ल्याउनको लागी विभिन्न राजनीतिक अभियानमा सक्रिय बन्नु भएका पुन नेपालमा बहुदलको स्थापनापछि उहाँ औपचारिक रूपमा राजनितिमा होमिनु भएको हो । तत्कालीन समयमा रोल्पाको पश्चिम भागमा नेपाली कांग्रेसको संङ्गठन निर्माण गर्न पुनले महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो । नेपाली कांग्रेसलाई रोल्पाबाट विजयी बनाउन सम्वत् २०४८, २०४९, २०५१ र २०५४ को निर्वाचनमा महत्तपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो । २०५२ बाट सुरु भएको माओवादी हिँशाको मुख्य निशानामा परेका पुन जिल्लामा बस्ने वातावरण नभएपछि वि।स २०५६ सालदेखि नेपालगञ्जमा बस्नु भयो । २०५८(०५९ मा त्यहाँ पनि व्दन्दको प्रभाव बद्ढै गयो र उहाँमाथी हुन सक्ने खतराको जोखिम रोक्न प्रसाशनकै सल्लाहमा काठमाडौँ स्थान्तरण हुनु भयो । माओवादीले उहाँमाथी पटक पटक आक्रमण गर्ने प्रयास गरेको थियो । २०६२(२०६३ को दोस्रो जन आन्दोनमा महत्वपूर्ण सहभागिता जनाउनु भएका पुन प्रहरी दमनबाट घाईते हुनुको साथै केहि समय पक्राउ पनि पर्नु भएको थियो ।

पुन कांग्रेसको ११औँ राष्ट्रिय महाधिवेशनदेखी हालसम्म निरन्तर महासमिति सदस्य हुदै आउनु भएको छ । वि।स। २०६२ मा भएको कांग्रेसको ११ अधिवेशनबाट जिल्ला कोषाध्यक्षमा निर्वाचित भएका पुन वि।स। २०७२ मा सम्पन्न नेपाली कांग्रेसको १३ महाधिवेशनबाट नेपाली कांग्रेस रोल्पाको जिल्ला सभापति पदमा निर्वाचित हुनु भएको थियो । २०७० को दोस्रो संविधान सभा सदस्य निर्वाचनबाट पुन संविधान सभा सदस्यमा निर्वाचित हुनु भयो । कोईराला परिवारसँग निकट मानिने पुन तत्कालीन नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाको विशेष योजनाकारमध्यका एक हुनुहुन्थ्यो । उहाँले कोइरालाको दैनिकी कार्य सञ्चलानका लागि निकट रहेर सहयोग गर्नु भयो ।

उहाँले संसदको सार्वजानिक सुनुवाई विशेष समिति र विकास समितिको सदस्य भएर पनि काम गर्नु भएको थियो । हिमाल हाम्रो शिर हो, पहाड हाम्रो छाती हो र तराई हाम्रो पाइला हो भन्ने भावनालाई शिरोपर गर्दै तत्कालीन प्रचन्ड नेत्तृत्वको सरकारबाट मन्त्री बन्नको लागि गरिएको अनुरोधलाई समेत बेवास्था गर्दै अखण्ड लुम्बिनी प्रदेश आन्दोलनको कमाण्ड समालेका पुन अहिले सोही आन्दोलनको जगमा निर्माण भएको प्रदेश सभापतिमा आशिन छन् । नेपाली कांग्रेसको २०७९ को मंसिरमा भएको १४ महाधिवेशनबाट उहाँ बहुमतका साथ लुम्बिनी कांग्रेसको सभापतिमा निर्वाचित हुनु भएको हो । पुन २०७४ मा शेरबहादुर देउवा नेत्तृत्वको सरकारमा सिंचाई राज्यमन्त्री समेत बन्नु भयो । सधै नेत्तृत्वको प्रतिपक्ष भूमिकामा रहने पुन नेपाली कांग्रेसका प्रभावशाली नेता मानिन्छन् । आवश्यकता र उपयुक्ताको आधारमा पार्टीमा जिम्मेवारी दिनु पर्छ भन्ने मान्यता राख्ने पुन पार्टीका सादगी र सरल नेताको परिचय बनाउनु भएको छ ।